scheduleशनिवार आश्विन ४ गते, २०७६

अन्ततः बेल रियलमा नै

काठमाडौँ, १३ साउन । लामो समय रियल मड्रिडमा विवादमा रहेका खेलाडी हुन् ग्यारेथ बेल । उनी चिनियाँ क्लब जियाङ्सु सुनिङ जाने लगभग पक्का भएको थियो ।

उनले उक्त क्लबसँग तीन वर्षको सम्झौता गर्ने तयारी समेत गरेका थिए ।

तर, रियलले एकाएक उक्त प्रक्रिया रद्द गरेको छ । प्रशिक्ष जिनेदान जिदानसँग तालमेल नमिले पछि उनी विवादमा परेका थिए भने जिदानले बेललाई खुलेआम क्लब छोड्न अभिव्यक्ति नै दिएका थिए ।

रियलले उनलाई बेचेर ठुलै रकम हात पार्ने मनसाय देखाएको थियो ।

तर, चिनियाँ क्लबले रियलले मागेजति रकम दिन नसक्ने बताएपछि बेल चीन जाने प्रक्रिया रद्द भएको हो ।

चिनियाँ कानुन अनुसार खेलाडी किन्दा तिरेको रकम बराबर सरकारलाई कर तिर्नुपर्दछ । तर, क्लबले बेललाई ठुलो रकम तलब दिने सहमति भने गरेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage