scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक

पोखरा, १३ साउन । पोखरा र गण्डकी प्रदेशका पर्यटकीय स्थलमा एक वर्षमा करिब तीन लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७५र०७६ मा पोखरा र गण्डकी प्रदेशका पर्यटकीय स्थलमा २ लाख ९८ हजार ९ सय ७५ जना विदेशी पर्यटक भ्रमण गरेको छन् ।

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत साउन देखी संकलन शुरु गरेको थियो । त्यस अवधिमा सबै भन्दा धेरै छिमेकी देश भारतबाट १ लाख २० हजार ९ सय ३८ जना पर्यटक आएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सुचना अधिकारी शिव परियारले जानकारी दिए । उनले अन्य देशबाट १ लाख ७८ हजार ३७ जना पर्यटक आएको बताए ।
गण्डकी प्रदेश प्रबेश गर्ने नाका तनहुँको आबुखैरेनी चेकपोष्ट, स्याङजाको गल्याङ चेकपोष्टमा प्रहरीको सहयोग र पोखरा विमानस्थलबाट तथ्याङक संकलन गरेको उनले बताए । पोखरामा सबैभन्दा धेरै पर्यटक कात्तिक महिनामा ३८ हजार ५ सय ७५ जना आएका छन् । यस महिनामा १२ हजार ४ सय ९५ भारतीय पर्यटक र अन्य मुलुकका पर्यटक २६ हजार ८० जना आएका थिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage