scheduleआइतवारबैशाख ५ गते, २०७८

बालुवाटारमा पूर्व एमालेको छुट्टै बैठक

काठमाडौं, १३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकअघि पूर्व एमाले समूहले सरकारी निवास बालुवाटारमा छुट्टै बैठक‍ गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकमा अध्यक्ष ओलीसहित अन्य नेताहरु सहभागी भएका छन् । बैठकमा नेकपाको स्कुल विभागलाई लिएर पूर्व माओवादी र एमालेबीच चर्किएको विवाद, सरकारको काम र भावी रणानीतिबारे छलफल भएको बताइएको छ ।

नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । आजको बैठकबाट पार्टी विभागहरुको नेतृत्व टुंग्याउने अपेक्षा गरिएको छ ।

तर स्कुल विभागको नेतृत्व कसलाई दिने भन्नेबारे नेकपाभित्र विवाद सिर्जना भएको छ । उक्त विभागमा पूर्व एमालेबाट ईश्वर पोखरेल र पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठले दाबी गरेपछि विवाद देखिएको हो ।

नेकपाको संगठन विभाग सहित ३३ वटा विभागमध्ये ३२ वटा विभागको नेतृत्वबारे लगभग टुंगोमा पुगेको छ । तर स्कुल विभागको जिम्मेवारी कसलाई दिने भनेर अझै सहमति हुन सकेको छैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay