scheduleशनिवार भाद्र ७ गते, २०७६

छोराले प्रहार गरेको चिर्पटबाट बाबुको ज्यान गयो

सांकेतिक तस्बिर

धनगढी, १३ साउन । कैलालीमा छोराले चिर्पट प्रहार गर्दा बाबुको ज्यान गएको छ । गोदावरी नगरपालिका -५ बर्बाटामा आइतबार राति छोराले चिर्पट प्रहार गर्दा बाबुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।

प्रहरीका अनुसार बर्बाटाका ३० वर्षीय रामसिंह कुमालले दाउराको चिर्पट प्रहार गरी आफ्नै बुवा ६० वर्षीय अम्मरसिं कुमालको हत्या गरेका हुन् । घरायसी विवाद भएपछि रामसिंले आफ्नै बाबु अम्मरसिंहलाई चिर्पटले हिर्काएका थिए ।

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्मरसिंलाई उपचारका लागि धनगढीस्थित सेती अस्पतालमा लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीले चिर्पट प्रहार गरी फरार रहेको रामसिंलाई पक्राउ गरी अनुसन्धान गरिरहेको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage