scheduleशनिवार भाद्र ७ गते, २०७६

विषालु च्याउ खाँदा एकै परिवारमा ३ जनाको मृत्यु

रोल्पा, १३ साउन ।  विषालु च्याउ खाएर ३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एकै घरका रहेको प्रहरीले जनाएको छ ।

रोल्पाको लुंग्री गाउँपालिका-६ पाटेगुम्चालका गुम्चालकी २५ वर्षीया पुरमला बुढाथोकी र उनकी ७ वर्षीया छोरी सुनिता र ४ वर्षीया छोरा पुष्करको मृत्य भएको हो। ३ जनाको नै उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साउन ८ गते बेलुका विषालु च्याउ खाएर उनीहरु बिरामी भएका थिए। गोठमा बस्दै आएका उनीहरुले जंगलबाट च्याउ ल्याएर खाएका थिए। बिरामी भएको थाहा पाएर आफन्तले स्थानीय मेडिकलमा लगेका थिए।

पुरमला र छोरी सुनिताको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो।  छोरी सुनिताको साउन १२ गते दिउँसो ४ बजे सोही मेडिकल कलेजमा मृत्यु भएको थियो भने छोरा पुष्करको साउन ११ गते लुम्बिनि अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage