कृतिले जब यस्तो रहस्य खोलिन्
काठमाडौँ, १४ साउन । पछिल्लो समय निकै चर्चामा रहेकी अभिनेत्री हुन् कृति सेनन । अरु बलिउड अभिनेता तथा अभिनेत्रीका लभअफेयरका किस्साहरु बाहिर आइरहँदा कृति भने सिंगल रहेकी छिन् । बलिउडमा इन्ट्रि गरेको यतिका वर्षसम्म पनि उनी सिंगलनै छन् । त्यसो त, कृति सिंगल हुनुका कारण बाहिरिएको छ ।
उनको प्रेमसम्बन्धलाई लिएर फ्यानहरुले सँधै प्रश्न गर्दै आएका छन् । अर्जुन पटालिया फिल्मको को–एक्टर वरुण शर्माले उनीमाथि हक जमाउँछन् र कसैसँग डेट गर्न दिदैनन् ।
यो कुरा अभिनेत्री कृति आफैले खुलासा गररेकी हुन् । उनले भनेकी छन्, ‘बरुण शर्माले मलाई सुरक्षा दिन्छन् । त्यसैले उनी मलाई कसैसँग पनि डेट गर्न दिदैनन् ।