scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

जङ्गली च्याउ खाँदा बुहारीको मृत्यु, सासु बिरामी


फिदिम, १४ साउन । जङ्गली च्याउ खाएर पाँचथरमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत साउन ७ गते जङ्गली च्याउ खाएकी पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपकी ४८ वर्षीया सुनिता चेम्जोङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

जङ्गली च्याउ खाएर बिरामी परेकी उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो । सुनितासँगै जङ्गली च्याउ खाएर बिरामी परेकी उनकी सासू ७० वर्षीया सञ्चमाया चेम्जोङको झापाको विर्तामोडस्थित मनमोहन हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यहाँ वर्षायाममा उम्रिएको जङ्गली च्याउलाई तरकारीका रुपमा खाने प्रचलन छ । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage