scheduleशनिवार आश्विन ४ गते, २०७६

रियल मड्रिड टोटनहमसँग पराजित

काठमाडौँ, १५ साउन । जर्मनीमा आयोजना हुने औडी कपमा रियल मड्रिड टोटनहमसँग १-० गोलले पराजित भएको छ ।

गएराति भएको सेमिफाइनलमा टोटेनहमलाई जित दिलाउन ह्यारी केनले गोल गरे ।

केनले खेलको २२ औं मिनेटमा गोल गरेका थिए ।

रियलका मार्सेलोले दिएको ब्याकपासलाई नियन्त्रणमा लिँदै केनले निर्णायक गोल गरेका थिए ।

औडी कपको फाइनलमा टोटेनहमले उपाधिका लागि वायर्न म्युनिखसँग आमनेसामने गर्नेछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage