scheduleबिहिवार आश्विन २ गते, २०७६

बलात्कारको आरोपमा नेयमारमाथि मुद्दाले नयाँ मोड लियो


रियो, १५ साउन । ब्राजिलका चर्चित फुटबल स्टार नेयमारविरुद्ध लागेको बलात्कार मुद्दाले नयाँ मोड लिएको छ । साओ पाउलोको महान्याधिवक्ताको कार्यालयले नेयमारविरुद्धको केस बन्द गरिदिएको छ । यसको पछाडि उक्त कार्यालयले पर्याप्त प्रमाण नभेटिएको कारण देखाएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले मंगलबार सो रिपोर्ट सम्बन्धित अधिकारीलाई पठाइसकेको जनाएको । पूर्ण रूपमा यो केसलाई खारेज गर्नका
लागि माथिल्लो अदालतसँग १५ दिनको समय हुनेछ ।

नेयमारलाई ब्राजिलियन मोडेल नाजिलाले फ्रान्सको राजधानी पेरिसको एक होटलमा आफूमाथि नेयमारले आक्रमण गरेको आरोप लगाएको थिइन् । उनले आफ्नो सहमतिबिना नेयमारले आफूमाथि हिंसकरुपमा यौनसम्बन्ध राखेको आरोप लगाएकी हुन् । उनले मे महिनामा आक्रमण गरेको आरोप लगाए पनि नेयमारले भने त्यसलाई स्वीकारेका छैनन् ।

नेयमारले जुनमा इन्टाग्राममार्फत् आफूविरुद्ध बलात्कारका आरोप लागेपछि ७ मिनेटको भिडियो सार्वजनिक गर्दै आरोप पुष्टि गर्न आग्रह गरेका थिए ।

उक्त आरोपले ब्राजिललगायत संसारभरी नै चर्चा पाएको थियो । नेयमारको प्रवक्ताले एएफपीलाई पुसिलको निर्णयको विषयमा आफ्नो कुनै प्रतिक्रिया नरहेको बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage