हराएकी दुई वर्षीया बालिका भेटिइन्
ताप्लेजुङ, १५ साउन । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ का दुई वर्षीया बालिका सुम्निमा लिम्बु हराएको दुई दिनपछि सुरक्षित भेटिएकी छन् । साउन १२ गते दिउँसो घरैबाट बेपत्ता सुम्निमालाई प्रहरीले एक घण्टा टाढाको जंगलमा फेला पारेको हो ।
बाबुआमा काममा गएपछि बालिका हजुरबासँग घरमा बसेकी थिइन् । उनी कसरी जंगलमा पुगिन् भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी सञ्जय सिंह थापाले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको घटनास्थलमै पुग्नुभएका डिएसपी थापाले जानकारी दिए ।