scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

रक्सीले निल्यो जयप्रकाशको ज्यान


रौतहट, १५ साउन । रौतहटमा अत्याधिक रक्सी सेवनका कारण एकजना युवकको मृत्युु भएको छ । जिल्लाको कटहरिया ५ का २५ वर्षका जयप्रकाश महरा चमारको मृत्युु भएको प्रहरीले जनाएको छ ।

बिहानैदेखि भोकै पेट रक्सी सेवन गर्ने बानीका कारण कटहरिया नगरपालिकाका विभिन्न वडाका एकदर्जन युवक गम्भिर बिरामी परेका छन् । बिरामी सबैजनाको उपचार नारायणी अस्पताल विरगञ्जमा उपचार भइरहेको छ ।

कटहरिया बजार लगायत नगरक्षेत्रमा अवैध रक्सी पसलमा रक्सी सेवन गर्नेको संख्या पनि बढ्दै गएको छ । प्राथमिक स्वाश्थ्य केन्द्र कटहरियाका प्रमुख डाक्टर अर्पणलाल कर्णका अनुसार बिहान भोखैपेट रक्सी खानेहरु खाना र पानी कम खाने हुनाले उनीहरुको लिवर र किडनी खराब भएर कम उमेरमै मृत्युु हुनेगरेको बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले कटहरियामा सञ्चालित अबैध रक्सी पसलहरु केहीदिनमै अभियान चलाएर नियन्त्रण गर्ने बताए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage