scheduleशनिवार आश्विन ४ गते, २०७६

मजदुरको प्रयासमा बन्द भयो खोलामा अवैध एक्साभेटर मेसिन

फाइल फोटो

धादिङ, १५ साउन । स्थानीय मजदुरको प्रयासपछि धादिङको गजुरी गाउँपालिकाको वडा नम्वर ६ दरियाल खोलामा एक्साभेटर मेसिनबाट बालुवा निकाल्ने काम बन्द भएको छ ।

खोलामा अवैध रुपमा एक्साभेटर मेसिन हटेसँगै दरियाल खोला आसपासका गाउँका स्थानीय मजदुरहरु पुनः थुन्चेमा बालुवा बोकि आफ्नो जीविकोपार्जन गर्न थालेका छन् । दरियाल खोलामा झण्डै एक महिना अघिदेखि स्थानीय मजदुरहरुको रोजीरोटी नै खोसिनेगरि अबैध रुपमा एक्साभेटर प्रयोग गरी बालुवा निकाल्ने काम भएपछि स्थानीय आफैं सक्रिय भएर मेसिनको चाबीसमेत कब्जामा लिएका थिए ।

पछि प्रशासन तथा प्रहरीलाई समेत खबर गरेका थिए । पटक पटक प्रहरीलाई खबर गर्दा पनि अबैध खोला उत्खनन नरोकिए पछि जथाभावी स्काभेटर लगाएर खोलाको दोहन रोक्न र आफ्नो रोजीरोटीको ग्यारेन्टी गरिदिन माग गर्दै दरियाँल खोला आसपासका स्थानीयहरु गुहार माग्दै जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यालय र जिल्लाा समन्वय समितिमा ज्ञापनपत्र बुझाएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage