scheduleशनिवार आश्विन ४ गते, २०७६

लिभरपुलको सहज जित

काठमाडौँ, १६ साउन । मैत्रीपुर्ण खेलमा लिभरपुलले लियोनलाई ३–१ गोलले पराजित गरेको छ ।

लियोनका लागि मेम्फिस डिपेले चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

तर खेलको १७ औ मिनेटमा रोबर्टो फिर्मिन्होले बराबरी गोल फर्काए ।

लियोनका जोचिम एन्डरसनले २१ औ मिनेटमा आत्मघाति गोल गरे । खेलको ५३ औ मिनेटमा ह्यारी विल्सनले लिभरपुललाई ३–१ को जित दिलाए ।

प्रि–सिजनको अन्तिम खेलमा जित निकालेको लिभरपुलले करिब एक सातापछि म्यानचेष्टर सिटीसंग कम्युनिटी शिल्डमा भिड्दैछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage