scheduleशनिवार आश्विन ४ गते, २०७६

रियल मड्रिडलाई राहत

काठमाडौँ, १६ साउन । रियल मड्रिड फेनरवाचीलाई ५–३ गोलले पराजित गरेको छ । प्रि सिजन टुरमा खासै गतिलो खेल खेल नसकेको रियललाई यो जितले ठुलो राहत दिएको छ ।

फेनरवाची लागि खेलको छैटौ मिनेटमा ग्यारी रोड्रिग्वेसको गोलमार्फत अग्रता दिलाएका थिए ।

तर, खेलको १२ औ मिनेटमा रियलका लागि बेन्जिमाल बराबरी गोल फर्काए ।

खेलको २७ औ मिनेटमा बेन्जिमाले गोल गरे । तर, खेलको ३४ औ मिनेटमा नबिल दादरले खेल २–२ को स्थितीमा ल्याए ।

खेलको ५३ औ मिनेटमा रियलका लागि बेन्जिमाले गोल गरे । ५९ औ मिनेटमा ओजान तुफानले खेल ३–३ को बराबरीमा ल्याए ।

रियलका लागि खेलको ६२ औ मिनेटमा नाचो फर्नान्डेजले गोल गरे ।

खेलको ७९ औ मिनेटमा मारियानो डियाजले गोल गरे ।

मुख्य खेलाडीले चोट बोकेपछि दबाबमा आएको रियललाई राहत मिलेको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage