scheduleशनिवार आश्विन ४ गते, २०७६

फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक, नेइमार अटाएनन्


एजेन्सी,१६ साउन । फिफाले यस वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका १० जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।

यस वर्षको फिफा द बेस्ट प्लेयरको मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी फ्रेन्केइ डि जोङ, म्याथिज डि लाइट, ह्यारी केन, इडेन हाजार्ड, साडिओ माने, किलियन एमबाप्पे, मोहम्मद सालाह र भान डाइक रहेका छन् ।

उत्कृष्ट खेलाडीको मनोनयनमा परेकमध्ये प्रिमियर लिगबाट खेल्ने खेलाडी ४ जना छन् । लिभरपुलका भर्जील भान डाइक, साडियो माने र मोहम्मद सालाह लिभरपुलबाट र टोटेनहमका कप्तान ह्यारी केन द उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।

बार्सिलोना र युभेन्टसबाट २/२ जना खेलाडी उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा परेका छन् । बार्सिलोनाबाट मेस्सी र जोङ छनौट भएका छन् भने युभेन्टसबाट रोनाल्डो र लि लाइट परेका छन् । रियल म्याड्रिड र पिएसजीबाट क्रमश : हजार्ड र एमबाप्पे पर्न सफल भएका छन् ।

तर ब्राजिलका नेइमार भने मनोनयनमा परेका छैनन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage