scheduleबुधवार मंसिर ४ गते, २०७६

अनुशासन पालना नगर्ने २ हजार भन्दा बढी कर्मचारी कारबाहीमा


काठमाडौं, १६ साउन । राष्ट्रिय सर्तकता केन्द्रले गएको वर्ष अनुशासन पालना नगर्ने दुई हजार पाँच सय भन्दा बढी कर्मचारीलाई कारवाहिका लागि सिफारिश गरेको छ ।

केन्द्रले मुलुकभरका ५२ जिल्लाका नौ सय ८० कार्यालयमा गरेको छड्के अनुगमनका क्रममा अनुशासन पालना नगर्ने दुई हजार पाँच सय ६५ कर्मचारीलाई कारबाहिका लागि सिफारिस गरेको हो । सिफारिस गरिएका मध्येबाट अहिलेसम्म एक हजार सात सय पाँच जनालाई कारबाही भइसकेको केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालले जानकारी दिए ।

केन्द्रले गरेको छड्के अनुगमनका क्रममा गएको वर्ष समय पालना नगर्ने कर्मचारीको संख्या एक हजार नौ सय ६१ रहेको छ भने तोकिएको पोशाक नलगाउनेको संख्या छ सय चार रहेको पाइएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage