scheduleमगलवार आश्विन २८ गते, २०७६

सुत्केरी हुन नसक्दा आमा र शिशुको मृत्यु


हुम्ला, १६ साउन । हुम्लाको सर्केगाड स्वास्थ्य चौकीमा प्रसुतिका लागि ल्याईएकी एक महिलाको मृत्यु भएको छ । प्रसुतिका लागी सर्केगाड स्वास्थ्य चौकीमा भर्ना भएकी वडा नम्बर चार साँया गाउँका २० वर्षका अनरुपा टमटा र उनको शिशु दुवैको बुधबार बिहान १० बजे मृत्यु भएको हो ।

टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान चार बजे प्रसुति गृहमा भर्ना गराइएको थियो । तर, दुर्गम क्षेत्रमा उपकरण अभावका कारण उपचारमा समस्या भएको स्वास्थ्य चौकी प्रमुख देवेन्द्र विर मगियाले जानकारी दिए ।

दुर्गम जिल्ला हुम्लाका प्राय स्वास्थ्य चौकीमा सुत्केरी आमाका लागी औषधि, उपकरण नहुनुले अकालमै मृत्यु हुने गरेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage