scheduleशनिवार भाद्र ७ गते, २०७६

सम्पत्ति विवरण नबुझाउने २ सय ८६ शिक्षक कारबाहीमा


बैतडी, १६ साउन । बैतडीका २ सय ८६ जना शिक्षक कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०७४/७५ को सम्पत्ति विवरण नबुझाउने २ सय ८६ जना शिक्षक करबाहीमा परेका हुन् ।

आधारभुत विद्यालका २ सय १८, निमाविका ३७ र माविका ३१ जना गरि २ सय ८६ शिक्षक काबाहीमा परेको शिक्षा विकास तथा समुन्वयएकाइका सुचना अधिकारि पुष्कर राज शर्माले जानकारी दिए । विद्यालय किताबखानाको परिपत्र अनुसार सम्पत्ति विवरण नबुझाएका शिक्षकहरुलाई ५ हजार जरीवाना तिरेको रसिद शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउन आग्रह गरिएको सूचना अधिकारी शर्माले जानकारी दिए ।

गत आर्थिक वर्षको सम्पत्ति विवरण भदौ २६ गते सम्म बुझाईसक्न पनि इकाइले आग्रह गरेको छ । स्थायी शिक्षकहरुले विद्यालय किताबखानामा सम्पत्ति विवरण बुझाउने प्रावधान छ भने अस्थायी शिक्षकहरुले सम्बन्धित स्थानीय तहमा सम्पत्ति विवरण बुझाउनु पर्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage