scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

चार्जमा राखेर गेम खेल्ने क्रममा करेन्ट लागेर ज्यान गयो

विराटनगर, १६ साउन । मोरङमा मोवाइल चार्जमा राखेर गेम खेल्ने क्रममा १ बालकको मृत्यु भएको छ ।

मृत्यु हुने बालकमा लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राई रहेको प्रहरीले जनाएको छ । मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर राईको ज्यान गएको हो ।

बुधबार राति शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवैजना एउटै खाटमा सुतिरहेको अवस्थामा बिहीबार बिहान शौजनलाई करेन्ट लागेको थियो । उनलाई चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

सुरजले खाटको भित्तापट्टी सुतेका शौजन अचानक छट्पटाउन थालेपछि बाबु-आमालाई बोलाएका थिए। प्रहरीका अनुसार करेन्ट लागेर छटपटाएपछि सुरजले बिजुली बन्द गरेका थिए ।

करेन्ट लागेका बेला शौजनको हातमा नै मोबाइल थियो। करेन्ट लागेर शौजनको घाटी डढेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage