scheduleशनिवार भाद्र ७ गते, २०७६

समाजवादी पार्टी नेपालका नेतामाथि गोली प्रहार

बुटवल, १६ साउन । कपिलवस्तुमा समाजवादी पार्टी नेपालका नेतामाथि गोली प्रहार भएको छ ।

बिहीबार शुद्धोधन गाउँपालिकाका नेता रामनयन यादवमाथि गोली प्रहार भएको हो । यादवको दायाँ पाखुरामा गोली लागेको र हाल तौलिहवास्थित जिल्ला अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाईकलमा आएका व्यक्तिले यादवमाथि गोली प्रहार गरेका थिए । शुद्धोधन गाउँपालिका वडा-५ देवपुर घर भएका यादवमाथि तौलिहवा जाने क्रममा सोही गाउँपालिकाको वडा-३ सुसरीया पुल नजिकै गोली प्रहार भएको हो।

यसअघि सोही गाउँपालिकामा नेकपाका नेता दीपेन्द्र चौधरीको गोली हानी हत्या गरिएको थियो।

यादव तत्कालीन नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उमेदवार थिए।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage