scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

कोरियाको एनआरएनए महासङ्ग्रामः सबैको नजर विपिन गुरुङमाथि


एसपी यादव/ दक्षिण कोरिया, १६ साउन । नजिकिँदै गरेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको निर्वाचनमा नेतृत्वका लागि दावी गर्नेको संख्या बढ्नेक्रम जारी छ । निर्वाचन नजिकिँदै गर्दा चुनावी सरगर्मी दिनानुदिन बढिरहेको छ ।

कोरियामा रहेका क्रियाशिल संघ संस्थाहरुले दैनिक जस्तो बैठक, भेला, जनसभा र छलफललाई तीव्रता दिएका छन ।

आगामी कार्याकालका लागि हुने एनआरएनएको निर्वाचन २१ सेप्टेम्बरदेखि २२ सेप्टेम्बरसम्म हुँदैछ । निर्वाचन नजिकिएसँगै एनआरएनएका वर्तमान अध्यक्ष लक्ष्मी गुरुङले भने दोस्रो कार्यकालका लागि आफूले उम्मेदवारी दिने कि नदिने विषयमा विचाराधीन रहेको बताएकी छिन् ।

उनको दुई वर्षे कार्यकाल सकिन मात्र २ महिनाको हाराहारी बाँकी छ । एनआरएनएको आगामी नेतृत्वका लागि अब को को उम्मेदवार बन्लान् ? कसले नेतृत्व पाउँला ? भन्ने कुराको ठुलै चर्चा सुरु भएको छ । यहि चर्चा चलिरहेकै बेलामा आगामी कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष विपिन गुरुङले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

त्यस्तै अध्यक्ष पदकै उम्मेदवारका रुपमा बुद्धि गुरुङ र यज्ञराज सुवेदी समेतले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अध्यक्ष पदका दावेदार वर्तमान वरिष्ठ उपाध्यक्ष गुरुङले भने, आफू चुनाव जित्ने पक्का रहेको बताए । गुरुङले भने, ‘मैले गरेको काम, कर्तव्य र एनआरएनएप्रति सदैव रहेको मेरो उतरदायी भूमिकाले आज मलाई यो ठाउँमा ल्याएको छ । यहाँका एनआरएनए नेपालीबासीहरुको पूर्ण साथ र सहयोग रहने विश्वास लिएको छु ।’ उनले संस्थालाई गति दिनसक्ने योग्य र सक्षम समेत आफु रहेकोले जित सुनिश्चित भएको जिकिर गरे ।

यद्यपि वर्तमान अध्यक्ष लक्ष्मी गुरुङले नयाँ नेतृत्वका लागि अन्तिमसम्म सहमति कायम गरेर अगाडी बढ्न आफू लागिपरेको प्रतिक्रिया दिएकी छिन् ।

वर्तमान अध्यक्ष गुरुङले नयाँ नेतृत्वमा संस्थालाई गति दिनसक्ने योग्य, सक्षम र बलियो व्यक्ति हुनुपर्ने चाहाना प्रकट गरेकी छिन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage