scheduleबुधवारमाघ ७ गते, २०७७

६ वर्षदेखि फरार व्यक्ति पक्राउ, कारागार चलान

चुलाचुली, १७ साउन । ६ वर्षअघि नाबालिकालाई बलात्कार गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका वडा नं ५ का २९ वर्षीय सचिन रसाइली रहेका छन् । रसाइलीले विसं २०७० जेठ २१ गते इलाम नगरपालिकाकी एक बालिकालाई बलात्कार गरी फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रसाइलीलाई विसं २०७० कात्तिक ३० गते जिल्ला अदालत इलामले दोषी ठहर गर्दै नौ वर्ष काराबासको फैसला सुनाएको थियो । अदालतले काराबास सुनाए पनि रसाइली फरार रहेपछि प्रहरीले खोजीकार्य चलाइरहेको थियो । रसाइली पक्राउ परेसँगै बिहीबारै कारागार चलान गरिसकिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay