scheduleशनिवार भाद्र ७ गते, २०७६

पहिरोमा पुरिएर आमाछोरीको ज्यान गयो, ५ जना घाइते

बाजुरा, १७ साउन । बिहीबार राति गौमुल गाउँपालिका –६ शान्ति टोलमा गएको पहिरोमा घर पुरिँदा एकै घरका २ जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार पहिरोमा परेर ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी निस्मिताको ज्यान गएको हो । त्यस्तै पहिरोका कारण ५ जना घाइते भएका छन् ।

घाइतेमध्ये निरुताका ससुरा ९० वर्षीय जंगे चदारा गम्भीर घाइते छन् र अन्य ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage