scheduleबुधवार कार्तिक २७ गते, २०७६

पहिरोले घर भत्किँदा आमासहित छोरीको मृत्यु

फाइल फोटो

बाजुरा, १७ साउन । बाजुराको गौमुल गाँउपालिका–६ बसाला शान्ति टोलमा गएराति १ पहिरोका कारण घर भत्किँदा आमा-छोरीको मृत्यु भएको छ ।

अन्य ५ जना घाइते भएको गौमुल गाउँपालिका उपाध्यक्ष सिता थापाले बताइन् । अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी ३० बर्षीया निरुता चँदारा र उनकी ६ वर्षकी छोरी किशु चँदाराको मृत्यु थापाले बताए ।

पहिरोमा परी अन्य ५ जना घाइते भएका छन् । घाइते मध्ये मृतक निरुताका बाजे ससुरा ९५ वर्षीय जंगे चँदाराको अवस्था गम्भीर रहेको छ ।

घाइतेमा हुनेमा जंग चँदारा,३८ बर्षीया छोरा सुके चदारा, बुहारी ३६ वर्षीया बुहारी जडेनी चँदारा, १२ बर्षीया अस्मिता चँदारा र १० बर्षीया विकास चँदारा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage