scheduleशनिवार आश्विन ४ गते, २०७६

सुनकाण्डमा सर्वोच्च पुरानै फैसलातिर

काठमाडौं, १८ साउन । चर्चित सुनकाण्डका विषयमा सर्वोच्च अदालतले अभियुक्त महावीर गोल्यानलाई दश लाख धरौटीमा छाड्न र अरुको हकमा उच्च अदालत विराटनगरले गरेको आदेश सदर गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र शुस्मलाता माथेमाको इजलासले शुक्रबार सो आदेश दिएको हो । अभियुक्त गोल्यानलाई उच्च अदालत विराटनगरले पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

अरूको हकमा भने उच्च अदालतले दिएको आदेश नै सदर भएको छ । जस अनुसार निलम्बित डीएसपी सञ्जय राउत, पूर्व एसएसपी श्यामबहादुर खत्री, भुजुङ गुरुङ, छिरिङ वाङद्ने घले उर्फ डा. डेभिड थुनामा नै रहने भएका छन् ।

उच्च अदालतले सई बालकृष्ण सञ्जललाई साधारण तारेख छाडेको थियो भने विमल पोद्दार र राजेन्द्रकुमार शाक्य १० लाख धरौटीमा छुटेका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage