scheduleआइतवार कार्तिक ३ गते, २०७६

अन्ततः संघीय संरचनामा कांग्रेस, ३३ प्रतिशत महिला अनिवार्य


ललितपुर, १८ साउन । अन्ततः नेपाली काँग्रेसले पनि पार्टी संरचनालाई संघीय संरचनाअनुकूल ढाल्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले राज्यको सङ्घीय संरचनाअनुसार नै पार्टीको नयाँ संरचना बनाउने निर्णय गरेको हो ।

नयाँ निर्णयसँगै अब काँग्रेसको संरचना पार्टीको विधानको सङ्क्रमणकालीन व्यवस्थाअनुसार हुने छ । ललितपुरको सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकले विधानबमोजिम सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको विभाग तथा समितिहरू गठनका लागि निर्देशिका बनाएर अर्को बैठकमा पेस गर्न निर्देशन दिएको छ ।

बैठकले नयाँ संरचनामा जाँदा सबै कार्यकारी समितिमा महिलाको सङ्ख्या कम्तीमा ३३ प्रतिशत सुनिश्चित गरेको छ । बैठकमा संस्थापन इतरका केन्द्रीय सदस्यहरूले जारी बैठकबाटै महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने अडान राखेका थिए । यद्यपि, यसबारे मङ्सिर मसान्तपछि बस्ने बैठकबाट टुङ्ग्याउने निर्णय गरिएको छ । केन्द्रीय कार्यसमितिको अर्को बैठक साउन २२ गते बस्नेछ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage