scheduleशनिवार भाद्र ७ गते, २०७६

अज्ञात समूहद्वारा नेपाल टेलिकमको टावरमा आगजनी


बैतडी, १८ साउन । बैतडीको डिलाशैनिय गाउपालिका ४ बलालीमा रहेको नेपाल टेलिकमको टावरमा अज्ञात समूहले गएराति आगो लगाएको छ । गएराति अज्ञात समूहले टावरमा आजनी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आगलागीबाट टावरका ब्याट्रीलगायत सबै उपकरणहरू जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेयले जानकारी दिए । टावरमा आगजनि गरिएको स्थानीयद्वारा जानकारी प्रप्त भएपछि त्यसतर्फ प्रहरी टोली गएको थियो ।

टावरमा रहेका उपकरणहरु पूर्णरुपमा जलेर नस्ट भएपछि त्यस ठाउँमा सञ्चार सेवा अबरुद्ध भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage