scheduleशनिवार आश्विन ४ गते, २०७६

म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौँ, १९ साउन । अन्तराष्ट्रिय च्याम्पियन्स कपमा एसी मिलानलाई म्यानचेस्टर युनाइटेडले पेनाल्टी सुटआउटमा पराजित गरेको छ ।

निर्धारित समयको खेल दुईदुई गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

म्यानचेस्टर युनाइटेडका लागि मार्कुस रासफोर्डले १४ औ मिनेटमा गोल गरे ।

२६ औ मिनेटमा सुसोले बराबरी गोल फर्काए ।

खेलको ६० औ मिनेटमा म्यानुमा भिक्टोर निल्सन लिन्डेलोफले आत्मघाति गोल गरे । खेलको ७२ औ मिनेटमा जिसे लिङगार्डले बराबरी गोल फर्काए ।

अन्ततः पेनाल्टी सुटआउटमार्फत युनाईटेडले ५–४ गोल अन्तरले खेल जित्यो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage