scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

दाइजो कम ल्याएको भन्दै आफ्नै श्रीमति मार्ने श्रीमान पक्राउ

रौतहट, १९ साउन । प्रहरीले दाइजो कम ल्याएको निहुमा आफ्नै श्रीमतीको ज्यान लिने एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले दाइजो थोरै ल्याएको भन्दै आफ्नै श्रीमतिको हत्या गर्ने राजापुर नगरपालिका-१ का २५ वर्षीय सन्तोष साह सोनारलाई शनिबार पक्राउ गरेको हो । श्रीमतिको हत्यापछि फरार भएका सन्तोष मोरङको बेलबारीबाट शनिबार पक्राउ परेका हुन् ।

सन्तोष र उनका बाबु राजेन्द्र साह सोनार, आमा प्रमिला देवी मिलेर दाइजो थोरै ल्याएको भन्दै २०७३ पुस १३ गते बुहारी लालुमनि देवीको घाँटी थिचेर हत्या गरेका थिए।  साँझ साढे ७ बजे लालमुनिको हत्या गरेपछि सिलिङ फ्यानमा उनको शवलाई सलले बाँधेर आत्महत्या गरेको भ्रम फैलाएका थिए ।

लालमतिको शव उद्वार गरी गौरस्थित एक अस्पताल लैजाने बहाना गर्दा प्रहरीले सन्तोष र उनका बाबु-आमालाई पिछा गरेको थियो । प्रहरीले पिछा गरेपछि उनीहरु लालमतिको शव लिएर वीरगञ्जतर्फ लागेका थिए।

लगत्तै प्रहरी वीरगञ्ज पुगेको थियो । प्रहरी वीरगञ्ज पुग्दा सन्तोष र उनकी आमा प्रमिला देवी भने फरार भइसकेका थिए । सन्तोषका बाबुलाई भने पक्राउ गरिएको थियो।

छोरीको हत्यामा सन्तोष समेत संलग्न रहेको भन्दै लालमुनिका बाबु किशोरी साह सोनारले प्रहरीसमक्ष किटानी जाहेरी दिएका थिए ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage