scheduleशनिवार आश्विन ४ गते, २०७६

इन्टरनेशनल तेक्वान्दो प्रतियोगितमा नेपालले २ स्वर्णसहित ५ पदक जित्यो

काठमाडौं, २० साउन । नेपालले मलेसियाको राजधानी क्वालम्पुर सम्पन्न इन्टरनेशनल तेक्वान्दो च्याम्पियन प्रतियोगितामा २ स्वर्ण, २ रजत र १ कास्य पदक जितेको छ ।

क्वालम्पुरको जुएरा मैदानमा साउन १७ देखि सुरु भएको प्रतियोगितामा नेपाली खेलाडीले  २ स्वर्ण, २ रजक र १ कास्य पदक जितेका हुन् । उक्क प्रतियोगिताअन्तर्गत गिरोगीतर्फ रीमा खत्रीले ३६ किलो तौल समूहमा स्वर्ण पदक हात पारिन्।

त्यस्तै, आयुष ढुङ्गेल (३८ तौल समूह)ले गिरोगीतर्फ स्वर्ण र पुम्सेतर्फ रजत प्राप्त गरेका छन्। यता हेमकला जिरेल (४२ केजी) ले रजत पदक हात पारिन् । प्रतियोगिताको पुम्से विधामा चन्दु शाही (४६ किलो तौल समूह) ले कास्य पदक जितिन्।

पेमासिद्धि लामाको नेतृत्वमा मलेसिया पुगेको टोलीमा इन्टरनेशनलतर्फ जितसिंह लामा, टिम प्रशिक्षक गणेशकुमार पाण्डे, व्यवस्थापकमा केशवकुमार लामा रहेका छन्।

प्रतियोगितामा नेपालसहित जापान, कोरिया, चीन, ब्राजिललगायत देशको सहभागिता रहेको थियो।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage