scheduleशनिवार भाद्र ७ गते, २०७६

दमौलीमा मोटरसाइकल दुर्घटना, रसाइलीको मृत्यु

दमौली, २० साउन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ गुणादी बस्ने २० वर्षीय सुरेन्द्र रसाइली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

व्यास नगरपालिका–५ चापाघाटबाट दमौलीतर्फ आउँदै गरेको ग ५ प २६३९ नं को मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार रसाइलीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका सुमन विक घाइते भएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage