scheduleशनिवार भाद्र ७ गते, २०७६

माइतीबाट फर्कँदै गरेकी युवतीको मोबाइल र गहना लुटियो, लुटेराको आक्रमणबाट गम्भीर घाइते

सांकेतिक तस्बिर

बझाङ, २१ साउन । थलारा गाउँपालिकामा गहना लुटपाट गरी १ युवतीको हत्या गर्ने प्रयास भएको छ ।

बझाङ जिल्लाको थलारा गाउँपालिका–५ की २२ वर्षीया विमला खाती ओलीको गहना लुटपाट गरी हत्या गर्ने प्रयास भएको हो । अज्ञात समूहले गहना लुटपाट गरी ओलीलाई मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

माइती घरबाट फर्कने क्रममा ओलीको गहना र मोबाइल लुटेर उनको हत्या गर्ने प्रयास भएको थियो । सोमबार बेलुका केदास्युँ गाउँपालिका–९ माइती घरबाट फर्कने क्रममा थलारा गाँउपालिका –३ स्थित शिलाकोटमा अज्ञात समूहले ओलीको गहना र मोबाइल लुटेको र हत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार लुटेरा समूहले टिनको पाताले घाँटी रेटेर ओलीलाई मार्ने प्रयास गरेका थिए । उनीसँगै रहेकी १३ वर्षीया बहिनी सुलोचना ओली माथि समेत लुटेरा समूहले आक्रमण गरेका थिए ।

लुटेराको आक्रमणबाट गम्भीर घाइते भएका दुबै जनालाई जिल्ला अस्पताल सिमखेतमा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभए पछि नेपालगञ्ज लगिएको थियो ।

हाल प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । लुटपाटमा थलारा गाउँपालिका-६ का २२ वर्षीय सौरव चौहान संलग्न भएको आशंकामा प्रहरीले उनको खोजी कार्य गरिरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage