scheduleशनिवार भाद्र ७ गते, २०७६

सुदूर पश्चिममा भारी वर्षा: कञ्चनपुर डुबानमा, महाकाली नदीले खतराको संकेत पार गर्‍यो

कञ्चनपुर, २१ साउन । सुदूर पश्चिममा विभिन्न क्षेत्रमा सोमबारदेखि अविरल वर्षा भइरहेको छ ।

अविरल वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगरमा विभिन्न क्षेत्र डुवानमा परेको छ । वर्षाका कारण भिमदत्त नगरपालिकाको महेन्द्रनगर बजार, कटानस्थित सुकुम्बासी टोल, बसपार्क क्षेत्र, ऐठपुर, भगतपुरको खोल्टी, जिमुवालगायतका क्षेत्र डुवानमा परेका हुन् ।

प्रहरीका अनुसार भिमदत्त नगरपालिका-९ का एक दर्जनभन्दा बढी घरमा पानी पसेकोछ । डुवानमा परेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाइएको छ ।

त्यस्तै कञ्चनपुरका साना तथा ठूला नदीहरुमा पानीको सतह बढेको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्र कञ्चनपुरले जनाएको छ । कञ्चनपुर लगायत चुरे क्षेत्रमा भएको भारी वर्षाले महाकाली नदीले खतराको संकेत पार गरेको छ ।

जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रका अनुसार महाकाली नदीको बहाव १ लाख १३ हजार क्यूसेक पुगेपछि भारतले पुलमा चारपांग्रे सवारीसाधानमा रोक लगाएको छ ।पुलमा ठूला सवारीसाधन आवागमनमा रोक लगाइकाले यात्रुहरु अलपत्र परेका छन्।

सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको हो । वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई आज बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

पहाडी जिल्लामा वर्षा नरोकिए अझै नदीमा पानीको बहाव बढ्न सक्ने प्रहरीको भनाइ छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage