scheduleशनिवार भाद्र ७ गते, २०७६

नगदसहित १९ जुवाडे पक्राउ

कास्की, २१ साउन । पोखराका दुई स्थानबाट १९ जना जुवाडे पक्राउ परेका छन् । पोखरा महानगरपालिका–११ फुवारी भन्ने स्थानबाट ४४ वर्षीया आशा तिलिजा सहित चारजना पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ६७ हजार ४ सय ७५ रुपैयाँ र ३ बुक तास बरामद भएको छ । यस्तै पोखरा महानगरपालिका–२५ हेम्जामा जुवातास खेलिरहेको अवस्थामा ३४ वर्षीय विक्कल बिक सहित १५ जना पक्राउ परेका छन । उनीहरुको साथबाट ४१ हजार ७ सय ७५ रुपैयाँ र ६ बुक तास बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage