अवैध उत्खननमा प्रयोग गरिएका साधन प्रहरी नियन्त्रणमा

विराटनगर, २१ साउन । प्रहरीले अवैध उत्खननमा प्रयोग गरिएका साधनलाई नियन्त्रणमा लिएको छ ।
खोलामा अवैध उत्खननमा प्रयोग भएका साधनहरु मोरङको केराबारीबाट मंगलबार बिहान ९ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । केराबारी गाउँपालिका-३ स्थित चिसाङ खोलाबाट अनटेस्ट लेखिएको जेसिबी र केराबारी-७ स्थित खदम खोलाबाट को १ त ५९०९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।
खोलामा ढुंगा अवैध रुपमा उत्खनन लागि प्रयोग गरिएको पाइएपछि दुवै साधनलाई नियन्त्रणमा लिएको हो। ढुंगा लोड गरेर लैजाँदै गरेको अवस्थामा ट्याक्टर फेला परेको थियो। चालक फरार रहेकाले उनीहरुको खोजी थालिएको प्रहरीले जनाएको छ।
प्रहरीले जेसिवी मिक्स गिट्टी उत्खनन् गर्न र टयाक्टर उत्खनन् गरिएका ढुंगा ओसार्न प्रयोग गरिएको जनाएको छ।