scheduleबिहिवार भाद्र ५ गते, २०७६

बाढीले पुल बगाएपछी दुई वडाबासीबीचको सम्पर्क टुट्यो

फाइल फोटो

जुम्ला, २१ साउन । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने पुल भाँच्चिदा वडाबासीबीच सम्पर्क टुटेको छ । अबिरल वर्षाका कारण तिला नदीमा पानीको बहाव बढ्दै गएपछि पुल भत्किएको हो ।

१ दशक पहिले काठले निर्माण गरिएको पुल जिर्ण बन्दै गएको थियो । पानीले पुल भत्काएपछि वडा नम्बर ४ र ५ का नागरिकबीच सम्पर्क टुटेको हो । पुलको भौतिक क्षति भएको तर कुनै पनि मानवीय क्षति भएको छैन ।

पुल भत्किएपछि वडा नम्बर ४ मा अध्ययन गर्ने, विद्यार्थी, काम विषेशले वारपार गर्ने नागरिकलाई समस्या भएको स्थानीय गगन कामीले बताए । प्रमुख जिल्ला अधिकार दुर्गा बञ्जाडेले पुल भत्किएको क्षेत्रमा नागरिकको सुरक्षाको लागि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिइन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage