scheduleशनिवार भाद्र ७ गते, २०७६

बुबाद्वारा छोरामाथि छुरा प्रहार, छुट्याउन गएका दाजु र दिदी समेत घाइते

नुवाकोट, २१ साउन । विदुर नगरपालिकामा बुबाको छुरा प्रहारबाट छोरा गम्भीर घाइते भएका छन्।

विदुर नगरपालिका-२ वट्टारबजारका इद्रिश मियाले आफ्नै कान्छा छोरा सन्नी खानमाथि घरायसी विवाद हुँदा छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। छुट्याउन जाँदा सन्नीका दाजु र दिदी समेत घाइते भएका छन्। झगडा छुट्टाउन गएका सन्नीका दाजु सफी खान र उनकी दीदी घाइते भएका हुन्।

प्रहरीले ५० वर्षीय इद्रिशलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले इद्रिशलाई तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। छुरा प्रहारबाट घाइते सन्नीलाई घटनालगत्तै हेलिकप्टरमार्फत काठमाडौ लगिएको छ।

इद्रिशले ३२ वर्षीय छोरा समीरलाई जिउँदै आगो लगाउने उद्देश्यले पेट्रोलसमेत छर्किएका थिए।

लामो समयदेखि वैदेशिक रोजगारीका लागि दुवइमा रहेका सन्नी केही समयअघि मात्र घर फर्केका थिए। घरमा बुवासँग इद्रिशले अंश चाहियो भन्दै विवाद गरेपछि पेटमा छुरा हानेर गम्भीर घाइते बनाएको स्थानीयले बताए। गत वर्ष  पत्नीको मृत्यु भएपछि इद्रिशले केही साताअघि मात्र दोस्रो विवाह गरेका थिए।

बुबाले दोस्रो विवाह गरेपछि सफी र सन्नी इद्रिशसँग असन्तुष्ट थिए। दोस्रो विवाह गरेपछि सन्नी घरपसलको अधिकार बुबालाई नदिने भन्दै आएका थिए।

प्रहरीका अनुसार सोही विषयमा विवाद हुँदा इद्रिशले कान्छा छोरा सन्नीमाथि छुरा प्रहार गरेका थिए।

आफ्नै छोरामाथि छुरा प्रहार गर्ने इद्रिश लामो समय मानव अपहरण मुद्धामा नुवाकोट जिल्ला कारागारमा जेल सजाय भुक्तान गरेका व्यक्ति हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage