scheduleशनिवार आश्विन ४ गते, २०७६

पेट्रोलको भाउ बढ्यो, ग्याँसको घट्यो

काठमाडौं, २२ साउन । लामो समयपछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदखि लागू हुनेगरी प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार निगमले ग्यासको मूल्य घटाएको हो ।

यसअघि खाना पकाउने एलपी ग्याँसको मूल्य प्रति सलिण्डर एक हजार ४ सय रुपैयाँ थियो । अब उपभोक्ताले प्रति सिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँमा खरिद गर्न पाउने छन् । यसैगरी, निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ । यसैगरि, डिजेल र मट्टितेलको भाउ प्रति लिटर ५० पैसाले वृद्धि भएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage