scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

प्रदेश दुईका सात जिल्लामा उपनिर्वाचन हुने

वीरगञ्ज, २२ साउन । आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा प्रदेश दुईका सात जिल्लामा रिक्त रहेका १० जनप्रतिनिधिका लागि चुनाव हुने भएकाे छ।

प्रदेश दुईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा र सप्तरी जिल्लाका विभिन्न स्थानीय तहमा १० वटा जनप्रतिनिधि पद रिक्त रहेकाे निर्वाचन आयोगले जनाएको छ।

उपनिर्वाचन हुने प्रदेश–२ का स्थानीय तहमा महोतरी जिल्लाकाे पिपरा गाउँपालिकामा अध्यक्ष, मटिहानी नगरपालिका–६ मा वडाध्यक्ष, बलवा नगरपालिका–२ र ८ मा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।

यस्तै सर्लाहीको हरिपुर्वा नगरपालिका–१ मा वडाध्यक्ष, रौतहटकाे गढीमाई नगरपालिका–२ मा वडाध्यक्ष, बाराकाे बारागढी गाउँपालिका–१ मा वडाध्यक्ष, पर्साकाे सखुवा प्रसौनी गाउँपालिका–५ मा वडाध्यक्ष, सिराहाकाे कल्याणपुर नगरपालिका–१२ मा वडाध्यक्ष र सप्तरीकाे छिन्नमस्ता गाउँपालिका–७ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage