scheduleशनिवार भाद्र ७ गते, २०७६

शेयर बजारमा सुधार

काठमाडौं, २२ साउन । विगत तीन दिनयता ओरालो लागेको शेयरबजारमा आज २.७५ अंकको सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार सूचक आज उक्त अंकले हरियो हुँदा नेप्से १२४८.४८ अंकमा थामिएको छ। आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि शून्य दशमलव ८६ अंकले बढेको छ।

कुल १ सय ७२ कम्पनीको कारोबार भएको दिन आज ११ लाख कित्ता सेयर बिक्री भएका छन्। बिहान ११ बजेयता अपराह्न ३ बजेसम्म ५ हजार ४ सय १३ पटकको सेयर खरिदबिक्रीबाट ३६ करोड ८६ लाखको शेयर कारोबार भएको छ। आज बजार पुँजीकरण १५ खर्बको र तरल बजार पुँजीकरण ५ खर्ब ६७ अर्बको भएको नेप्सेले जनाएको छ। १२ समूहको कारोबार भएको दिन आज ऊर्जा, विकास बैंक र म्युचुअल फन्डको कारोबार सूचक रातो छ भने अन्य सूचकहरु हरियो छन्।

कारोबारका आधारमा आज सबैभन्दा बढी कृषि विकास बैंकको २ करोड ४५ लाखको, एनसीसी बैंकको २ करोड ३६ लाखको, नेपाल बैंकको १ करोड ९६ लाखको, प्रभु बैंकको १ करोड ६७ लाखको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ५४ लाखको सेयर बिक्री भएको नेप्सेले जनाएको छ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage