scheduleबुधवार भाद्र ४ गते, २०७६

अढाई महिनापछि पारित भयो लोकसेवा आयोग विधेयक

फाइल फोटो

जनकपुरधाम, २२ साउन । प्रदेश २ मा प्रदेश लोकसेवा आयोगको गठन काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।

गत जेठ १२ गते प्रदेश सभा बैठकमा टेबल भएको यो विधेयक झण्डै अढाई महिनापछि पारित भएको हो । यो विधेयक पारित भएसँगै अब प्रदेश २ सरकारलाई लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।

प्रदेशसभामा पेश भएको यो विधेयकमाथि सैद्वान्तिक छलफल भई विशेष छलफलका निम्ति चार जना सांसद रहेको विशेष समितिमा पठाइएको थियो । सांसद परमेश्वर साह, रामआशिष यादव, रामसरोज यादव .गायत्री साहसहितको समितिले विधेयकलाई संशोधनसहित पारित गरेको बताएका छन् । समितिका संयोजक परमेश्वर साहले बिभिन्न पटक समितिको बैठक बसेर यो विधेयकमाथि छलफल गरिएको बताए ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage