scheduleसोमवार मंसिर २ गते, २०७६

श्रममन्त्री विष्टद्वारा सचिवसँग कार्यसम्पादन सम्झौता


काठमाडौं, २२ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयका सचिव महेशप्रसाद दाहालसँग कार्य सम्पादन सम्झौता गरेका छन् । मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनीहरुले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

त्यस्तै सचिव दहालले पनि मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं सहसचिव, विभागका महानिर्देशकसँग कार्यसम्पादन सम्झौता गरेका छन् । यसैगरी सहसचिवले आआफ्नो महाशाखाका उपसचिवसँग सरकारले लिएको लक्ष्य समयसीमा भित्रै हासिल गर्न चाल्नु पर्ने कदम र निर्धारित कार्यतालिकासहितको कार्यसम्पादन सम्झौता गरे ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले श्रममन्त्री विष्टलगायत मन्त्रिपरिषद्का सदस्यसँग कार्यसम्पादन सम्झौता गरिसकेका छन् । कार्यक्रममा मन्त्री विष्टले कार्यसम्पादन सम्झौताले कामप्रति सजग र समयसीमा भित्रै कर्तव्य पालनामा सघाउ पुर्‍याउने बताए । यसै अवसरमा मन्त्रालयका उच्चअधिकारीले सरकारले लिएको लक्ष हासिल गर्न र मन्त्रालयको गरिमालाई उँचो राख्न उच्च मनोबलसहित कार्यसम्पादनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता गरेका थिए ।

मन्त्रालयले आउँदो आइतबारसम्म सबै शाखा अधिकृतसँग कार्यसम्पादन सम्झौता गरिसक्ने जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage