scheduleशनिवार आश्विन ४ गते, २०७६

‘यो वर्ष रियलले गर्ने भनेकै प्रतिस्पर्धा हो’

काठमाडौँ, २३ साउन । प्रशिक्षक जिनेदान जिदानले यस सिजन रियल मड्रिडले बलियो प्रतिस्पर्धा गर्ने बताएका छन् ।

उनले यस सिजन नयाँ खेलाडीहरु अनुबन्ध भएका कारण पनि लयमा आउन सक्ने तर बलियो प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।

एट्लेटिको मड्रिडसँग लज्जास्पद हार भोगेपछि रियलका प्रशिक्षक निराश देखिएका थिए ।

उनले रियलको खेलमा विशेष सुधारको आवश्यकता रहेको बताएका थिए ।

उनले यस सिजन रियलले प्रतिस्पर्धा मात्र गर्न सक्ने तर, सोचेअनुरुप खेल पस्कन सक्ने कुरामा शंका जाहेर गरेका हुन् ।

यस सिजन रियलले ठुलो धनराशि खर्चिदै नयाँ खेलाडीहरु अनुबन्ध गरेको छ । तर, केही स्टार खेलाडीहरु घाइते हुँदा रियलले नोक्सानी भोगिरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage