इतिहासकै उच्च मुल्यमा पुग्यो सुन, तोलामा कति ?
काठमाडौं, २३ साउन । सुनको भाउ तोलाको ७० हजार पुगेको छ। यो अहिलेसम्मकै उच्च रेकर्ड हो। साउन लागेयता लगातार बढ्दै आएको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो।
छापावाल सुन बुधबार एकै दिन १५ सय रुपैयाँ बढेर तोलाको ६९ हजार ५ सय रुपैयाँ पुगेको थियो।
चाँदी पनि बुधबारको तुलनामा तोलामा १५ रुपैयाँ बढेर बिहिबार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।