scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

डोजरधनीलाई झड्का, सरकारले ल्यायो नयाँ नियम


काठमाडौं, २३ साउन । सरकारले एक करोड रुपैयाँसम्मका सरकारी तथा सार्वजनिक आयोजनामा डोजर प्रयोग गर्न रोक लगाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहहरुलाई परिपत्र गर्दै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशका–२०७५’ लागू गर्न निर्देशन दिएको छ ।

निर्देशिकामा १ करोडसम्म लागतका आयोजनाहरुमा डोजर लगायत हेभी मेसिनरी उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । अब यस्ता आयोजनामा मानवीय श्रमशक्तिबाटै काम गर्नुपर्नेछ ।

सार्वजनिक क्षेत्रमा रोजगार प्रत्याभूत गर्ने गरी सरकारले जारी गरेको निर्देशिका अनुसार नेपाल सरकार, प्रदेश सरकारका विषयगत मन्त्रालय र निकायहरुसहित स्थानीय तह सबैले एक करोडसम्मका योजना सम्भव भएसम्म मानवीय जनशक्तिबाटै सञ्चालन गर्नुपर्नेछ ।

यस्ता कामका लागि आवश्यक जनशक्ति स्थानीय रोजगार सेवा केन्द्रबाट माग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage