scheduleशनिवार आश्विन ४ गते, २०७६

आजबाट प्रिमियर लिग: पहिलो खेल लिभरपुल भर्सेस नर्विच

काठमाडौँ, २४ साउन । आजबाट प्रिमियर लिगको नयाँ सिजन सुरु हुँदैछ । पहिलो खेलमा लिरभपुलले नर्विच सिटीसँग आमने सामने गर्दैछ । गएको सिजन उत्कृष्ट खेल प्रदर्शन गरेको लिभरपुलले यस सिजन प्रिमियर लिगको उपाधि जित्न कुनै कसर बाँकी नराख्ने बताइएको छ । केही दिन अगाडि म्यानचेस्टर सिटीसँग कम्युनिटी सिल्ड कपमा पराजित भएको लिभरपुल यस सिजन थप परिकृष्त भएको बताइएको छ ।
लिभरपुलले नवप्रवेशी क्लब नर्विचलाई घरेलु मैदानमा सहज जित हात पार्ने विश्लेषकहरुले बताएका छन् ।

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगको उपाधिमा चुनौती थप्न आफु तयार रहेको बताएका छन् ।

गएको सिजन लिभरपुल म्यानसिटीसँग एक अंकले प्रिमियर लिग उपाधि जित्न बञ्चित भएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage