scheduleशनिवार भाद्र ७ गते, २०७६

वरुण धावनको पारिश्रमिक कति ?

काठमाडौँ, २४ साउन । फिल्म ‘स्ट्रीट डान्सर’ लाई लिएर उत्साहित छन् अभिनेता वरुण धावन । यो फिल्म सन् २०२० को जनवरी २४ मा रिलिज हुनेछ ।

मिडिया रिपोर्ट अनुसार यस फिल्मको लागि उनले मोटो रकम लिएका छन् । उनलाई फिल्म निर्माण टिमले ३३ करोड भारु तिरेका छन् ।

यसका साथै उनको नाम अब एक महङ्गो कलाकारको रुपमा आएको छ । उनले यस फिल्मको सुटिङलाई छिट्टै सक्न डबल सिफ्टमा पनि काम गरेका छन् ।

रेमो डिसुजाले निर्देशन गरेका यस फिल्मलाई भुषण कुमार, क्रिशन कुमार र लिजेल डीसुजाले संयुक्त रुपमा लगानी गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage