scheduleमगलवार आश्विन २८ गते, २०७६

खेलाडीको स्वास्थ्य उपचारमा सरकारको बेवास्ता


काठमाडौं, २४ साउन । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने मात्र होइन, भ्रातृत्व, एकताको भावना जगाउन पनि खेलकुद प्रभावकारी बनेको छ ।

राष्ट्रका गहनाका रूपमा रहेका खेलाडीको स्वास्थ्योपचार र सावधानीमा भने सरकारले उचित ध्यान दिएको छैन । बाँकेका तुषार बुढामगर खेल क्षेत्रमा लागेको झन्डै ४ वर्ष हुन लाग्यो । बाँके खेलकुद संघबाट उनी भारत्तोलकको रुपमा विभिन्न प्रतियोगितामा भाग लिन्छन् । तर खेल खेल्दा वा अभ्यास गर्दा चोटपटक लाग्दा, कुनै बिरामी हुँदा भने उपचार गराउन समस्या हुने गरेको छ ।

धनुषाका सरोज सिंह राष्ट्रिय कब्बडी टिमका पूर्व कप्तानसमेत भइसके । तर, खेल खेल्दा वा अन्य समय बिरामी हुँदा उपचारमा कतैबाट पनि सहयोग पाएनन् । सरोजसिंह र तुषार मात्रै होइन, नेपालमा खेलिने २ सय खेलका लाखौं खेलाडीको समस्या यस्तै छ ।

खेल क्षेत्रका लागि सरकार गम्भीर नहुँदा खेलाडी जोखिम मोलेर भए पनि खेल्न बाध्य भएका सितोरियो करातेँका अन्तर्राष्ट्रिय रेफ्री विरेन्द्र कर्ण बताउँछन् । खेल क्षेत्रका लागि नेपाल सरकारले चालु आर्थिक वर्षमा झन्डै ४ अर्ब बजेट विजियोजन गरेको छ ।

सरकारले यो वर्षको नीति तथा कार्यक्रममा खेलाडीको तथ्याङ्क सङ्कलन गरेर बीमा कार्यक्रम सुरु गर्ने योजना बनाएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालको भनाइ छ । अन्तर्राष्ट्रिय स्तरको अभ्यासमा खेलाडीको स्वास्थ्य बीमा, अन्य समयमा बिरामी हुँदा वा चोटपकट लाग्दा उपचार गराउने खर्च र चिकित्सकको व्यवस्था हुन्छ । तर, नेपालका खेलाडीका लागि भने अहिलेसम्म त्यस्तो व्यवस्था नहुँदा खेलाडीहरू चिन्ताकाबीच मैदानमा उत्रिने गरेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage