scheduleशनिवार भाद्र ७ गते, २०७६

रोकिएन विदेशिने युवाको लर्को


डडेल्धुरा, २४ साउन । मुलुक सङ्घीयतामा गएसँगै स्थानीय सरकारहरू स्वरोजगारका कार्यक्रम बनाउन र कार्यान्वयन गर्नमा व्यस्त छन् । तर मुलुकभित्र कुनै सम्भावना नदेखी वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा कमि आएको छैन ।

तीन तहको सरकार मिलेर सिंहदरवारको अधिकार गाउँघरसम्म पुर्‍याउने अभियानमा छन् । रोजगारी सिर्जना गरी विदेश जानेहरूको सङ्ख्या घटाउने प्रतिवद्धता चुनावको बेला गरिएको थियो । तर बनाइएका योजना कार्यान्वयनमा समस्या आउँदा युवाहरू विदेश जानेक्रम घट्न सकेको छैन ।

डडेलधुराका तर्कराज भट्ट स्थानीय सरकार आएपनि रोजगारीका पर्याप्त कार्यक्रम आउन नसकेको बताउनुहुन्छ । हुन त सरकारले युवा स्वरोजगार,प्रधानमन्त्री रोजगार लगायतका कार्यक्रम सञ्चालन गरेको छ भने मन्त्रालयस्तरमा पनि यस्ता कार्यक्रम चलिरहेका छन् । तर जिल्लाबाट पासपोर्ट बनाउने युवाहरूको सङ्ख्या हेर्दा सरकारी कार्यक्रमप्रति आकर्षण देखिँदैन ।

पछिल्लो दुई वर्षयता डडेल्धुरामा राहदानी बनाउनेहरूको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट दुई वर्षमा १ हजार १ सय सात जनाले राहदानी बनाएका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल बताउनुहुन्छ । स्थानीय सरकारले चलाएको रोजगारीमूलक कार्यक्रमबाट बास्तविक बेरोजगार लाभान्वित हुन नसकेको टीका टिप्पणी पनि हुने गरेको छ । तर कार्यक्रम प्रभावकारी भए पनि देखासिकीका आधारमा विदेश जानेक्रम पनि गाउँघरमा छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage