scheduleबुधवार कार्तिक २७ गते, २०७६

नक्कली नोट छाप्ने मेसिनसहित ४ जना पक्राउ

कैलाली, २४ साउन । प्रहरीले नक्‍कली नोट छाप्ने ४ जनालाई पक्राउ गरेको छ ।

कैलाली प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका- १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका- ३ का २४ वर्षीय पल्लपराज भट्ट र महोत्तरीको बर्दिवास नगरपालिका-६ का २५ वर्षीय गोकुल खड्का रहेका छन्।

प्रहरीले फरक-फरक मितिमा पक्राउ परेका चारै जनालाई शुक्रबार सार्वजनिक गरेको छ। धनगढी उपमहानगरपालिका-१ नैनादेवी मन्दिरनजिकै उनीहरु डढे महिनादेखि नेपाली नक्‍कली नोट छाप्ने गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार गोकुल नक्‍कली नोट छाफ्ने योजनाका  मुख्य नायके हुन्। खड्का काठमाडौंमा र ३ जना धनगढीमा पक्राउ परेका हुन् । उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपरलगायतका नेपाली र भारतीय नक्‍कली नोट समेत बरामद गरिएको छ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage